🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतको निर्वाचन : बिग्रँदो छिमेक सम्बन्ध !

विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा आम निर्वाचन सम्पन्न भइराखेको छ । २०१९ अप्रिल ११ तारिखबाट सुरु भएर आगामी मे १९ मा सात चरण गरी सम्पन्न हुने यो आम निर्वाचनप्रति विश्व जनमतको समेत चासो रहेको छ । स्थापनाकालदेखि नै संसदीय प्रजातन्त्र अभ्यास गर्दै आएको विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा अहिले १७ औं लोकसभाका निम्ति आमनिर्वाचन भइराखेको छ ।

भारतमा सम्पन्न भइराखेको यो आम निर्वाचनमा केही रोचक पक्षसँगै प्रजातन्त्रका निम्ति उपयुक्त नहुने अभ्यास पनि भइराखेको छ । छिमेकी मुलुक भारत समृद्धिको यात्रामा तीव्ररुपमा अगाडि बढेर शक्तिशाली राष्ट्रहरूसँग प्रतिस्पर्धा गरिराखेको भएपनि अहिले पनि भारत विकास उन्मुख मुलुक नै हो । 

राजनीतिक स्थायित्व भइसकेको यो मुलुकमा हुने आम निर्वाचनमा पहिलो प्राथमिकता विकास निर्माणसँगै समृद्धिले नै पाउनुपर्दछ । किनभने ठूलो संख्यामा गरीबहरू रहेको यो मुलुकको प्रमुख आकर्षण भनेको नै गरिबी निवारणसँगै समृद्धिको यात्रा हुनुपर्ने हो । तर, प्रमुख राजनीतिक दलहरूले विकास निर्माणसँगै समृद्धिको यात्रालाई पन्छाएर राजनीतिक मुद्दालाई प्रमुखता दिँदै आम जनतामा गइराखेका छन् । 

 अहिले भारतमा आम निर्वाचनमा बजरंगबली(हिन्दू) र अली(मुसलमान)ले प्रमुखता पाइराखेको छ । यसैगरी लगभग ७० बर्षको संसदीय अभ्यास भएको र १६ वटा आम निर्वाचन सम्पन्न भइसकेको भारतमा राजनीतिक दलहरूले उम्मेद्वारको चयन पनि क्षमता र योग्यताको आधारमा होइन मतदाताको जातीय आधारमा चयन गर्ने गरेको देखिएको छ । 

विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक र लगभग सत्तरी बर्ष लामो संसदीय अभ्यास गरेको भारतमा अहिले पनि संसदीय निर्वाचन जातीय र धार्मिक आधारमा हुनुलाई लोकतन्त्रकै बिडम्बना र विकृतरुप मान्नुपर्ने हुन्छ । एक्काइसौं शताब्दीको दोस्रो दशकमा प्रवेश गरिसक्दा पनि भारतीय जनताको मानसिकता जातीय संकीर्णता र धार्मिक सोचबाट माथि उठ्न नसकेको कारणले गर्दा नै यो आम निर्वाचनमा धर्म र जातीयताले प्रमुखता पाएको हो । 

भारतमा सम्पन्न भइराखेको यो आम निर्वाचनको अर्काे रमाइलो पक्ष के देखिएको छ भने ठूलामध्ये सत्तारुढ भारतीय जनता पार्टीमात्र यो आम निर्वाचनमा विजयको लक्ष्य लिएर उत्रिएको छ भने कंग्रेस आई लगायत समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनको प्रमुख लक्ष्य आफू जित्नु नभएर भारतीय जनता पार्टीलाई हराउनु र प्रधान मन्त्री नरेन्द्र मोदीलाई किनारा लगाउनु देखिएको छ ।

यसैगरी पश्चिम बंगालमा शासन गरिराखेकी ममता बनर्जीको तृणमूल कंग्रेसको यो चुनावको प्रमुख लक्ष्य पनि भारतीय जनता पार्टीलाई केन्द्रीय सत्ताबाट विस्थापित गर्नु रहेको छ । उत्तरप्रदेश केन्द्रित अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीको गठबन्धनले भारतीय जनता पार्टीलाई यो निर्वाचनमा हानी पु¥याउने देखिएको छ ।

संसदमा असी स्थान भएको उत्तरप्रदेशमा विजय प्राप्त गर्ने राजनीतिक दलका निम्ति नयाँ दिल्ली दरबारको ढोका खुल्छ भन्ने मान्यता रहँदै आएको छ । सन् २०१४ मा सम्पन्न भएको आम निर्वाचनमा भारतीय जनता पार्टीले उत्तरप्रदेशमा असी मध्ये चौहत्तर स्थानमा विजय प्राप्त गरेर स्पष्ट बहुमत प्राप्त गरेको थियो । 

यो निर्वाचनमा मायावती र अखिलेश यादवको गठबन्धनले भारतीय जनता पार्टीलाई उत्तर प्रदेशमा धक्का दिने स्थिति रहेकै कारणले गर्दा यो आम निर्वाचनमा भारतीय जनता पार्टी सत्ताबाट विस्थापित हुने विश्लेषण उनीहरूको रहेको छ तर भारतीय जनता पार्टी भने उत्तरप्रदेशमा पुग्ने राजनीतिक क्षतिलाई पश्चिम बंगालसँगै सेभेन सिस्टर भनिने उत्तरपूर्वका सात प्रदेशबाट भने उत्तर प्रदेशमा हुने राजनीतिक हानीको भर्पाइ हुने विश्वासमा रहेको छ । 

सार्क, छिमेकी र भारत

विश्वको सबभन्दा ठूलो र आर्थिक रुपले उदयीमान भारतमा सम्पन्न हुने आम निर्वाचनको परिणामले विश्वको राजनीतिमा नै केही हदसम्म असर पु¥याउने गर्दछ । यही कारणले गर्दा नै भारतमा हुने आम निर्वाचनप्रति पनि विश्व जनमतको ध्यान जाने गरेको हो । विश्व राजनीतिमा महत्वपूर्ण प्रभाव नपारेपनि भारतमा हुने आम निर्वाचन र त्यसको परिणामले उसका छिमेकीहरूमा भने ठूलै प्रभाव पार्ने गरेको छ । सन् २०१४ मा राष्ट्रवादी छवी प्रस्तुत गरेकै कारणले गर्दा प्रचण्ड बहुमतसहित सरकारमा पुगेको भारतीय जनता पार्टीले छिमेकीहरूसँग सम्मानजनक र उचित व्यवहार गरेको थिएन । 

 भारतीय जनता पार्टीको सरकारले नै नेपालका विरुद्धमा पाँच महिना लामो नाकाबन्दी गरेको थियो । अहिले स्थिति सहज भइसकेको भएपनि नेपाली जनतामा अझै पनि त्यो नाकाबन्दीको पीडा समाप्त भएको छैन । यसैगरी भारतकै कारणले गर्दा यो क्षेत्रको क्ष्ँेत्रीय संगठन सार्क मृत्युशैयामा पुगेको छ । सन् २०१५ मा काठमाडौंमा सम्पन्न भएको शिखर सम्मेलनले १९ औं सार्क शिखर सम्मेलन सन् २०१७ मा पाकिस्तानको रावलपिण्डीमा गर्ने निर्णय गरेको थियो ।

तर, भारतले आफ्नाविरुद्ध पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भनेर पाकिस्तानको रावलपिण्डीमा हुने शिखर सम्मेलनप्रति आपत्ति जनाएपछि सार्क नै मृत्युशैयामा पुगेको छ । यसैगरी भारतीय जनता पार्टीको नेतृत्वमा सरकार आएपछि श्रीलंकासँगै मालदिभ्ससँग पनि उसको सम्बन्ध बिग्रिएको छ । 

यो स्थितिमा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुनः सत्तामा आए छिमेकीसँगको सम्बन्धमा भारतले पुनर्विचार गर्नुपर्ने स्थिति छ । किनभने आर्थिकरुपले समृद्ध राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नका लागि कम्तीमा छिमेकी मुलुकहरूको साथ र समर्थन आवश्यक पर्ने विश्व राजनीतिक घटनाक्रमले नै देखाइराखेको छ । 

यसकारणले गर्दा पनि यो आम निर्वाचन सम्पन्न भएपछि छिमेकी सँगको खासगरी पाकिस्तानसँगको सम्बन्धमा भारतले पुनर्विचार गर्नुपर्ने अवस्था रहेको छ । जबकि भारतीय जनता पार्टीले यो आम निर्वाचनमा बजरंग बलीसँगै पाकिस्तानलाई पनि प्रमुख चुनावी मुद्दा बनाएको छ ।

पाकिस्तानबाट भारतका विरुद्धमा आतंकवादी गतिविधि गर्नेहरूलाई प्रश्रय दिएको आरोप लगाउँदै भारतीय जनता पार्टीले पाकिस्तानबाट आफूविरुद्ध हुने आतंकवादी गतिविधिलाई समाप्त पार्ने उद्घोष यो पार्टीका वरिष्ठ नेताहरूसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चुनावी सभामा दिंदै यो मुद्दालाई पनि मतदाता आकर्षित गर्ने प्रमुख एजेण्डा बनाएको कारण भारतीय जनता पार्टी सत्तामा दोहोरिएर आए पाकिस्तानसँगको सम्बन्ध झन् जटिल हुने स्थिति रहेको छ र भाजपा सत्तामा आएको अवस्थामा सार्क संगठन अगाडि बढ्न नसक्ने स्थिति पनि देखिएको छ ।