🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मनमोहन ‘२० औँ स्मृति दिवस’ : पूर्वप्रधानमन्त्री अधिकारीले देखाएकाे बाटोमा सरकार बढेकाे छ : प्रधानमन्त्री

ललितपुर, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन । 

पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष  मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ।

 
  मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल,सामाजिक सुरक्षा,अन्तर्राष्ट्रिय सम्बन्ध,कानुनी राज सुरु गर्नुभयो ” प्रधानमन्त्री ओलीले भने “वहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।”

  प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने  दुईखाले चलखेल सुरु भएको बताए । “वहाँले ति समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर वहाँसँग समय रहेन” प्रधानमन्त्री ओलीले भने “वहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान गर्यौं र राजतन्त्र सदाका लागि विदा गर्यौं ।”

 प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताउनुभयो । “वहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं ” प्रधानमन्त्री ओलीले भने ।