🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लास भेगासको नरसंहारपछि अमेरिकामा फेरि अर्काे हत्याकाण्ड, चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक (रासस/एएफपी) : अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ । 

प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा कात्तिक १९ गते आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्काे हत्याकाण्ड भएको बताइएको छ । 

यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ । 

अमेरिकाको सदरल्याण्ड स्प्रिङ्ग नामको एउटा सानो नगरमा उक्त हत्याकाण्ड भएको थियो । आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको पनि मृत्यु भएको छ । 

आफ्नै सवारी साधनमा उ मृत अवस्थामा भेटिएको छ । यसलाई भने प्रहरीले अनुसन्धानको विषय बनाएको छ । प्रहरीको गोली लागेर नभई उ आफै कसरी मारिन पुग्यो भनेर प्रहरीले खोजी थालेको बताइएको छ । 

सदरल्याण्ड स्प्रिङ्गमा रहेको फ्रस्ट बाप्टिस्ट चर्चमा आइतबारको बिहानी प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेर कम्तीमा पनि २० राउण्ड गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् । 

एकजना प्रत्यक्षदर्शीका अनुसार करीब २०/२२ बर्षको जस्तो देखिने एकजना व्यक्तिले लगातार २० राउण्ड गोली चलाएको थियो । उसले बुलेट प्रुफ भेष्ट लगाएको पनि प्रहरीले जनाएको छ । 

उक्त गोलीकाण्डमा परी ज्यान गुमाउनेमा पाँच बर्षका बालकदेखि ७२ बर्षका व्यक्तिसम्म परेका बताइएको छ ।  अहिलेसम्म सो व्यक्तिको पहिचान खुलेको छैन । प्रहरीले उक्त शङ्कास्पद हमलाकारीको परिचय खोजिरहेको बताएको छ । सो व्यक्तिले तीव्र गतिमा कार चलाएर भागेको थियो । 

प्रहरीले नै उसलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले पछ्याइरहेको व्यक्ति आफ्नै कारमा पुगेको र पछि सोही कारमा नै मृत अवस्थामा भेटिएको छ ।  प्रहरीले घाइतेलाई हेलिकोप्टरबाट उद्धार  गरी लगेको छ । आक्रमणको कारण थाहा हुन सकेको छैन । यसको अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ । 

अमेरिकामा हतियार समस्या होइन– राष्ट्रपति ट्रम्प

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या होइन भनेका छन्  ।  टेक्सासमा कात्तिक १९ गते आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएक़ा हुन्  । उनले भने – यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो । 

हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकाण्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो ।  उनले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताए । यसअघि पनि उनले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने धारणा राखेका थिए । 

लास भेगासमा एउटा सांगीतिक कार्यक्रममा गत महिना ५९ जनाको ज्यान लिइएको नरसंहारको पाँच हप्तापछि यो दुर्घटना भएको छ । चर्चमा गरिएको यस हमलाको पनि व्यापक मात्रामा विरोध भएको छ । 

संयुक्त राज्य अमेरिका र संसारकै नेताहरुले यसको निन्दा एवम् भत्र्सना गरेका छन् । यसरी महिनैपिच्छे अमेरिकामा हुन थालेको गोलीकाण्डपछि नागरिकमा चिन्ता र त्रास उत्पन्न भएको बताइएको छ ।