🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः अध्यक्ष यादव

राजविराज, १९  कात्तिक (रासस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताभएका  छन्  ।  सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले कात्तिक १८ गते राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीबासीको चाहनाले आफूलाई यहाँ तानेर ल्याएको बताएका  हुन्  । 

अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी छ भन्दै   अहिले २ नं प्रदेश प्राकृतिक स्रोत, साधनबाट वञ्चित गराइएकाले यसलाई समृद्ध र शक्तिशाली बनाएर अन्य ठाउँलाई पनि यसमा ल्याउन संघर्ष गर्न जरुरी रहेको बताएका छन् । 

प्रादेशिक सीमाङ्कनमा राज्यले ठूलो बेइमानी गरेको उल्लेख गर्दै उनले संविधान संशोधनका लागि निर्वाचनपछि संघर्ष गरिने पनि बताए ।  संघीय प्रणाली, समानुपातिक प्रणाली, राष्ट्रिय पहिचान, संघीय गणतन्त्र तथा धर्म निरपेक्षताको मुद्दा मधेश आन्दोलनको उपलब्धि भएको र यसलाई समाप्त पार्न धेरै प्रयास भइरहेको भन्दै संघीयतालाई जोगाउन आफू हमेसा प्रयासरत रहेको पनि उनले बताए।  
–––