🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाह्र हजार कर्मचारीको पदस्थापना

 
काठमाडौँ, २७ चैत : सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका १२ हजार कर्मचारीलाई पदस्थापना गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका एक लाख ३१ कर्मचारीमध्ये १२ हजारलाई तीनै तहमा पदस्थापना गरेको छ । 

मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले समायोजन रोजेका कर्मचारीलाई दैनिक पत्र दिएर पदस्थापना गरिरहेको जानकारी गराए । उनले पहिलो चरणमा प्रदेश र स्थानीय तहमा कर्मचारीलाई पदस्थापना हुने कार्य भइरहेको बताए  । “प्रदेश र स्थानीय तहमा जनताका काम धेरै हुनाले कर्मचारीलाई पनि ती तहमा पठाउन थालेका छौँ”, उनले भने , “प्रदेश र स्थानीय तहमा पदस्थापना सकेपछि मात्र सङ्घमा गर्दछौँ ।” मन्त्रालयले सचिव तथा सहसचिवको पदस्थापना यसअघि नै गरिसकेको छ । 

यसैगरी प्रदेश र स्थानीय तहमा समायोजन रोजेका उपसचिव र शाखा अधिकृतको पदस्थापना गरिएको छ भने नायब सुब्बा, खरिदार, कार्यलय सहयोगीको पदस्थापना गर्न पूरै बाँकी नै रहेको छ । मन्त्रालयले असार मसान्तसम्म समायोजन भएका सबै कर्मचारीलाई पदस्थापना गर्ने भएको छ । (रासस)