🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब्जर्भर र शान्ति सेनाको छनौट परीक्षामा धाँधली 

 प्रत्येक बर्ष नेपाली सेनामा कार्यरत  कर्मचारी पदिक तथा अन्य दर्जा, प्राविधिक पदिक, तथा इन्फ्यान्ट्री पदिकले जाँच दिन पाउने गरी अब्जर्भर र शान्ति सेनाका लागि  सूचना निकालिन्छ । सोर्सफोर्स नहुने गरीबका छोराछोरी जोतिएर पढ्छ्न । तर, नाम निकाल्ने बेलामा जसको जर्नेलहरू दाहिना छन्, नसको  नजिक ठूला मान्छे जर्नेलहरू छन्, जसले महत्वपूर्ण अड्डामा बसेर काम गर्ने मौका पाएको छ, त्यसको मात्र नाम निस्किन्छ  । २०७३÷ १२ ÷२८ गते लिएको यस्तै परीक्षामा त जात्रा नै देखाए । नेपाली सेनाको नौटङ्की परीक्षा बोर्डले घर जाँदै गरेका संगठनपति प्रकाश केसी जर्साबले आफ्नो भान्जाको नाम निकाल्न सफल भए । त्यस्तै जर्सा‘ब, कर्सा‘बका मन पर्ने महिलाको पनि नाम निस्कियो । तर, अनि रातोदिन जर्साबहरूको कोसेली बोकेर चाकडीमा धाउनेहरूको पनि नाम निस्क्यो । 

कसैलाई शंका लागे भ्लनष्किज क्उभबपष्लन तभकत हेरे हुन्छ । म्चष्खष्लन को  र अयmउगतभच भहबm हेरे हुन्छ । नेपाली सेनामा योग्य, दक्ष राम्रा होइन हाम्रालाई छनौट गर्नाले देशकै बेइज्जत नहोला भन्न सकिन्न् । सोर्सफोर्स र जर्नेल जस्ता शक्तिशाली मान्छे नहुनेले परीक्षापछि जबर्जस्ती फाल्ने भए किन दुःख दिएको ?  सोर्सफोर्स नहुने गरीबका छोरहरूलाई कति अन्याय गरेको ? बालीलाई मन्सुन र सेनामा भन्सुन भएन भने काम लाग्दैन भन्छन् ।  चलन नै त्यही चलेको छ । 

गरीबका छोराहरूले प्रतिस्पर्धा गरेर नाम निकाली लडेर खान्छु भन्दा पनि लोभीपापीहरू दुष्मन बनेर अन्याय गर्छन । परीक्षा लिनेहरू पनि साँढे जस्ता मातिएका अधिकृत र अन्य दर्जाले परीक्षा दिनेलाई तँ भनेर छुद्र, हेपाहा र तुच्छ शब्द प्रयोग गर्ने गर्छन् । सेनाले लिने अब्जर्भर र शान्ति सेनाको छनौट निष्पक्ष गर्नलाई त यस्तो परीक्षा यूएनबाट नै मान्छे आएर लिनु पर्छ नेपाल प्रहरीको जस्तै । 

 हरेक बर्र्ष नेपाली सेनाले देशको लागि ठूलो काम गर्छ त्यो भनेको माथिदेखि क्रमशः अर्बपति, करोडपतिहरू जन्माउछ । देशको ढुकुटीमा दाइँ खेल्न पाएका यी जर्नेलहरूलाई कुनै कानूनले छुदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै सरकारी निकायका पदाधिकारीलाई लाग्छ, तर देशको दुर्भाग्य जर्नेलहरूले अबैध रुपमा जति अकुत सम्पत्ति  आर्जन गरेपनि कानून लाग्दैन । लुटतन्त्र मच्चाउन कानूनले नै सुबिधा दिएको सेनाको आर्थिक प्रशासन भ्रष्टतन्त्रले गाँजेको छ ।                                                                                  –नेपाली सेनाका पीडित सकल दर्जाहरू