🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हामी गरिव छौं,अविकसित देशमा छौं भनेर हिनग्रन्थी पाल्नु पर्दैन

काठमाडौं,१९ चैत ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएकाे बताएका छन ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकिरण गर्न सकेनन्” प्रधानमन्त्री ओलीले भने “तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे । जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।”

 प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नहुने  बताए । “हामी गरिव छौं,अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन” प्रधानमन्त्री ओलीले भने “हामी विद्वान पूर्खाका सन्तान हौं । केही समयसम्म शासकको कमजोरी अलि पछि परिएको हो । तर अब त्यस्तो अवस्था रहदैन ।”

 प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँ नयाँ अनुसन्धानमा लाग्न सुझाएका छन । “समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस । तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने ।