🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे \’गम्भीर आरोप नलगाइएको\’  मुलर प्रतिवेदन 

वासिङ्टन, १०  चैत (रासस/एपी) : सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।

मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गरी अमेरिकी काँग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ । 

मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलगाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले दिएको समाचारमा उल्लेख छ । 

विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका छ जना पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाएका थिए । 

महान्यायाधीवक्ता विलियमले काँग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यही  सप्ताहन्तमा पेश गर्ने जनाएका छन्  । मुलरले २२ महिनापछि प्रतिवेदन पेश गरेका हुन्।  
–––