🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनमा केमिकल विस्फोट, कम्तिमा ४७ को मृत्यु

काठमाडौं, ८ चैत : पूर्वी चीनमा केमिकल विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ भने ६ सय ४० जना घाइते भएका छन् । 

उक्त विस्फोट येनचांग शहरको तियानजियाई केमिलक उद्योगमा भएको हो, जहाँ उर्बरक उत्पादनको काम गरिन्छ । धमाकापछि उद्योगमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । 

चीनको भूकम्प प्रशासनले विस्फोटको समय २.२ तीव्रताको भूकम्प आएको पनि बताएको छ । चिनीया सरकारी टेलिभिजनले उद्योगमा लागेको आगो शुक्रबा नियन्त्रणमा लिइएको जनायो । 

करिब ६ सय ४० घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये ३२ जना गम्भीर हालतमा छन् भने ५८ जना नराम्रोसँग घाइते भएका छन् । 

चीनमा प्रायशः खराब सुरक्षा मानकको कारण उद्योगमा आगलागी र खानाको कारण पनि यस्ता घटना घट्ने गरेका छन् । 

सन् २०१८ नोभेम्बरमा उत्तरी जांगजियाको केमिकल लैजाँदै गरेको गाडीमा विस्फोट हुँदा २२ को मृत्यु भएको थियो भने झण्डै २ दर्जन व्यक्ति घाइते भएका थिए । (एजेन्सी)