काठमाडौं, १ चैत : नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ लाई ‘पियर रिभ्यु जर्नल’ को रूपमा प्रकाशित गर्ने भएको छ ।
बौद्धिक तथा प्राज्ञिक जगतको मागलाई ध्यान दिएर शोधमूलक अर्धवार्षिक सो पत्रिकालाई अब उप्रान्त जर्नलका रूपमा निकाल्ने निर्णय भएको समालोचना तथा निबन्ध विभागका प्रमुख प्रा. डा. गोपिन्द्र पौडेलले बताए । पौडेल पत्रिकाको प्रधान सम्पादक छन् ।
पत्रिकामा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्र लगायत विविध ज्ञान विज्ञानसम्बन्धी अनुसन्धानमूलक सामग्री प्रकाशित हुँदै आएको छ ।



