🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आन्तरिक मामिलामा चासो नदिएकाले भारतसंग सम्बन्ध राम्रो छ : राजदुत आचार्य

नयाँ दिल्ली, ३० फागुन । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध अझै राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै राजदुत आचार्यले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अहिलेपनि सुमधुर रहेकाे बताउदै  सम्बन्धलाई अझै राम्रो बनाउन आफु लागिपरेकाे बताए ।

आफू द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन केन्द्रित भएको र यसको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले भने,‘अहिले नेपाल र भारतबीचको सम्बन्ध सही ट्रयाकमा छ ।’ आचार्यले अहिले दुई देशबीचको सम्बन्ध राम्रो हुनुमा भारतले नेपालको आन्तरिक मामिलामा कुनै चासो नदिनु नै मुख्य कारण रहेको सुनाए ।

उनले यसअघि नेपालको राजनीतिमा भारतको चासो रहेको भएपनि अहिले कुनै चासो नरहेको आफूले पाएको पनि स्पष्ट पारे । उनले भने,‘नेपालमा जो प्रधानमन्त्री बनेपनि भारतले सहयोग गर्छ । मिलेर काम गर्छ ।’ नेपालको विकास र समृद्धिप्रति भारत सकारात्मक रहेको पनि उनले विश्वास दिलाए ।