काठमाडौं,२३ फागुन : ललितपुर, रुपन्देही, रौतहट र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका धोविघाटस्थित सडकमा बा९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट नाम थर नखुलेका अन्दाजी ५१ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
रुपन्देही मायादेबी गाउँपालिका८ घाग्रापुलस्थित भित्री सडकमा लु१ त १९२९ नम्बरको ट्याक्टरले सियारी गाउँपालिका १ बस्ने १३ वर्षीय छोटु चौधरीलाई बुधबार साँझ ठक्कर दिँदा उनको मृत्यु भएको छ । उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा निधन भएको हो ।
रौतहट चन्द्रपुर नगरपालिका १ स्थित सडकमा ना४ ख २०९३ नम्बरको ट्रकले बा६१ प २४८३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका १ बस्ने २५ वर्षीय बिक्रम लामाको एपोलो सिटि अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै बारा निजगढ नगरपालिका ११ तेह्र किलोस्थित सडकमा ना १ ज ३७८५ नम्बरको टाटासुमोले नाम थर नखुलेका अन्दाजी ७० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । ठक्कर दिने सबै चालक र सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।



