🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपद्मा नेपाली सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । 

सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ । 

अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । 
यस्तै थुप्रै उद्धारको कार्यमा नेपाली सेनाको सक्रिय भूमिका देखिएको छ । 

त्यस्तै असोज १९ गते माङसेबुङ गाउँपालिका १ पातीगाउँ, इलाममा पहिरोमा परी गम्भिर घाइते भएका दुई जना (पुरुष १ र गर्भवती महिला १) लाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारको लागि इटहरी लगेको थियो ।

त्यस्तै, ललितपुरस्थित च्यासल पुलमुनि बाढीले बगाएर ल्याएको रुख अड्किएर पानीको बहावमा अवरोध सिर्जना भएकोले राजदल गणबाट खटिएको फौजले अन्य सुरक्षा निकायसँग सहकार्य गरी उक्त अवरोध हटाएको थियो ।

यता, उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै अशोज १८ गते नेपाली सेना गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले काठमाडौ महानगरपालिका ११, थापाथली स्थित बागमती नदी किनार बस्तीका वासिन्दाहरुलाई गुहेश्वरी मावि थापाथलीमा र टेकु दोभान स्थित सत्प्रयास वृद्धाश्रममा रहनु भएका जेष्ठ नागरिकहरुलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गर्न पनि सहयोग गरेको थियो ।