🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिन्दू राष्ट्र स्थापनाका लागि सडक संघर्षमा उत्रन्छौं : अध्यक्ष थापा

उर्लाबारी, १७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका छन् ।  

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उनले भने, “संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।” 

अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने चेतावनी दिए ।  

उनले २०४७ साल यता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनसेल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरे ।  

बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रङ्गेली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ । (रासस)