🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृ त्यु

बर्दिया । बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार राति ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो । खेतमा धान हेरेर फर्कने क्रममा

हात्तीले महिलालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।
शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए ।

मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन् । उनका तीन छोरी र एक छोरा रहेका छन् । विशेष गरी धान पाक्ने सिजनमा जंगली हात्ती किसानको खेतमा धान खान आउने गर्दछ । हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ ।

यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।