🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्रोत नखुलेको सात लाख ५० हजारसहित एक जना पक्राउ

सिरहा, ११ असोजः सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको रु सात लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका-४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई गरेको हो ।

    सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शङ्का लागेर निजलाई जाँच गरिएको थियो । सो क्रममा निजको साथबाट उक्त नगद रकम फेला परेको हो । रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि साहलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

    सशस्त्र प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशङ्का गरेको छ । सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरी बलले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक भण्डारीले उल्लेख गर्नुभयो । 

    पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको उहाँले जानकारी दिनुभयो ।