🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘बुलेटे आमा’ सुशीला उप्रेतीले प्रधानमन्त्री कार्कीसँग भेटघाट गर्दै

काठमाडौं । बुद्धशान्ति गाउँपालिका–३ की बासिन्दा सुशीला उप्रेती तिवारी, जो ‘बुलेटे आमा’ का नामले चिनिन्छिन्, उनले असोज ४ गतेदेखि नयाँ अन्तर्राष्ट्रिय बुलेट बाइक यात्रा सुरु गरेकी छन् । नेपाली महिला सशक्तिकरण, संस्कृति तथा विश्वशान्तिको सन्देश लिएर उनले यसपटक इजरायलसहित अन्य देश भ्रमण गर्ने योजना बनाएकी छन् ।

६० वर्ष नाघिसकेकी ‘बुलेटे आमा’ ले यसअघि नै भारत, बङ्गलादेश, मलेसिया र थाइल्याण्ड भ्रमण गरिसकेकी छन् । बुलेट मोटरसाइकल चढ्दै ५७ भन्दा बढी जिल्लामा पुगेर नेपाली महिलाको साहस र क्षमताको परिचय दिइसकेकी उनले यसपटकको यात्रा झन् व्यापक र प्रभावशाली बनाउने लक्ष्य लिएकी छन् ।

\"\"

यात्राको पूर्वसन्ध्यामा ‘बुलेटे आमा’ ले जेनजी आन्दोलनको क्रममा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटमा उनले वर्तमान राजनीतिक अवस्था, नेपाली महिलाको भूमिका, तथा सामाजिक विषयमा छलफल गर्ने बताएकी छिन् । त्यस्तै उनले वर्तमान राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएकी छिन् ।

यसैबीच, काठमाडौँ महानगरपालिकाले बुलेटे आमाको योगदानलाई सम्मान गर्न विशेष कार्यक्रमको तयारी गरिरहेको छ । सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलिरहेकी तिवारीको अभियानलाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।