काठमाडौं, १५ फागुन : पाकिस्तानी सेनाले नियन्त्रण रेखा (एलओसी) पार गरेर पाकिस्तान घुसेको भारतीय सेनाको दुई विमान खसालेको दाबी गरेको छ । साथै एक पाइलटलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
गत मंगलबार मात्रै भारतीय वायु सेनाले पाकिस्तानी भूमिका बम खसालेको थियो । गत फेब्रअरी १४ मा भएको पुलवामा हमलापछि यी दुई देशको सम्बन्ध अत्यन्तै बिग्रिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्त आसिफ गफूरले पनि आफ्नो वायु सेनाले दुई भारतीय विमान खसालेको दाबी गरेका छन् । यद्दपि पाकिस्तानले भने यो भारतीय आक्रमणको जवाफ नभएको बताएको छ । (एजेन्सी)



