🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्पन्न परिस्थितिबारे एमालेद्वारा विज्ञप्तिमार्फत प्रतिक्रिया

काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा भएको मृत्यु र सयौँ घाइते भएको घटनाप्रति सो पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । 

एमालेका महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । 

सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको र जेलबाट हजारौँ कैदीबन्दी बाहिरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । वक्तव्यमा सुरक्षा निकायको भूमिकाको पनि समीक्षा हुनुपर्ने भनिएको छ ।

यस्तो प्रतिकूल अवस्थामा पार्टी पङ्क्तिलाई अविचलित र एकताबद्ध रहन आग्रह गर्दै वक्तव्यमा भनिएको छ, “अहिले सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अघि बढ्नु जरुरी छ ।”

उत्पन्न राजनीतिक अवस्थाको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने भन्दै एमालेले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न र युवापुस्ताका मागलाई सम्बोधनका लागि पहल गर्न आग्रह गरेको छ । —