🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

वीरगन्ज । खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगन्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने धम्की दिएको विषयमा सोधपुछका लागि किरणलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार फोनमा गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो मन्त्री र मेयरबाट आएपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । 

वीरगन्जमा फैलिएको हैजाको संक्रमणका कारण युवतीका पिता सहित परिवारका अन्य सदस्यहरू गम्भीर बिरामी भई अस्पतालको सघन कक्षामा भर्ना भएको विषयलाई लिएर मन्त्री यादव र मेयर सिंहलाई फोन गरेको र कुराकानीको क्रममा ज्यान मार्ने धम्की दिएको गुनासो आएपछि आवश्यक अनुसन्धानका लागि किरणलाई नियन्त्रणमा लिइएको प्रवक्ता लम्सालले जानकारी दिए । 

खानेपानी मन्त्रीलाई फोनगरी किरणले अभद्र रूपमा कुराकानी गरेको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रबारदेखि नै भाइरल भएको छ ।