🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुपन्देहीमा विभिन्न अवैध सामान बरामद, करिब १८ लाख रुपैयाँ बराबर

भैरहवा, भाद्र १० गते । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीहरूले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा करिब रू. १८ लाख ४३ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । भन्सार छली चोरी पैठारी गरी ल्याइएका ती सामानहरू नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिति २०८२ भाद्र ८ र ९ गते सञ्चालन गरिएको चेकजाँचबाट पाँच वटा छुट्टाछुट्टै स्थानमा सामान बरामद गरिएको हो ।

बरामद विवरण
१) इलाका प्रहरी कार्यालय बेलहिया र प्रहरी चौकी चनौली बगाहा रुपन्देहीबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका–१ सेमरपानी र सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपासमा चेकजाँच गर्दा भारतीय नम्बर प्लेट UP 56 BD 3933 र UP 56 BB 0015 को मोटरसाइकलमार्फत ल्याइँदै गरेका वस्तु पिरामिड २०० सेट, चश्मा १६० पिस, नोटिस्टार २३ प्याकेटसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । यसबाट करिब रु.८ लाख २५ हजार बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

२) इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले कोटहिमाइ गाउँपालिका–३ बाट लु ३७ प ३१८२ र लु ३९ प ५८२८ नं.का मोटरसाइकलमा चिनी ६ बोरा, सराफ २ बोरा, दाल २ बोरा बरामद गरेको छ । यसरी जम्मा रु.२ लाख ४१ हजार बराबरको सामान बरामद भएको छ ।

३) इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले सियारी गाउँपालिका–३ हर्नैया क्षेत्रमा चेकजाँच गर्दा लु ३९ प ५३८४, लु ७ प १८७८, लु ६ प ६५ र लु ३१ प २३३४ नं.का मोटरसाइकलमा जुत्ता १५० जोडी, बच्चाको खेलौना १४२ पिस, चिनी ३ बोरा बरामद गरेको छ । यी सामानसहित करिब रु.७ लाख ६ हजार बराबरको बरामद भएको छ ।

४) प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ नन्दनगरमा UP55U 2550 नं.को मोटरसाइकलमा ल्याइँदै गरेका ५ वटा बाख्रा, ५ बन्डल टायलसहित करिब रु.४१ हजार बराबरको सामान बरामद गरेको छ ।

५) प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–२ बाट २० थान लेडिज सुट बरामद गरेको छ । यसरी करिब रु.३० हजार बराबरको सामान नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार अवैध रूपमा ल्याइएका यी सबै सामानसहितका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ ।