🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिबाट चीनको निम्तो किन अस्वीकार ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीन भ्रमणका लागि इच्छा नगरेको थाहा भएको छ । एससीओको शिखर सम्मेलनमा भाग लिनका लागि चिनियाँ पक्षको निमन्त्रणालाई स्वास्थ्यको कारण देखाएर अस्वीकार गरेको स्रोतहरुले उल्लेख गरेका छन् । बाहिर स्वास्थ्यको कारण भन्दा छिमेकीहरुको चासोपछि उनले भ्रमण गर्न नचाहेको बताइएको छ । सांघाई कोअपरेशन अर्थात एससीओको शिखर सम्मेलनमा जानका लागि सुरुमा पौडेलले चाहना राखेका थिए । उक्त चाहना अनुसार नै चीन पनि राष्ट्रपति सी चिनफिङसँग भेटघाट गराउने गरी तालिका पनि तय गरेका थिए । केही अनौपचारि सेडयुलसमेत बनिसकेको थियो । 

 एससीओमा गएको बेलामा चीनको सैन्य मार्च पनि प्रदर्शन गराउने चीनको तयारी थियो । २०८२ भदौ १८ गते हुने उक्त प्रदर्शनको एकजना महत्वपूर्ण दर्शकको रुपमा पौैडेललाई लैजान खोजेको थियो तर पौडेलेको सचिवालयमा केही सल्लाहकारहरुले उक्त निमन्त्रणा अस्वीकार गरेका थिए । जापानसँग युद्ध जितेको सन्दर्भलाई पारेर चीनले उक्त सैन्य मार्च गर्छ । तर, पौडेलको सचिवालयका सदस्यहरुले जापानसँग सम्बन्ध बिग्रिने भन्दै व्रिफिङको अलवा भारतीयहरुको चासो पनि रहेको स्रोतले उल्लेख गरेको छ । मुख्यगरी भारतीय चासोपछि राष्ट्रपति  पौडेलले चीन भ्रमण रद्द गर्ने निष्कर्षमा पुगेको पनि स्रोतको दावी  । चिनियाँहरुले अहिले पहिलो प्राथमिकता राष्टपति पौडेललाई नै लैजानेमा थियो । राष्ट्रपति त्यसमा पनि कांग्रेस पृष्ठभूमि भएका कारणले गर्दा चीनको चासो थियो । चीनले त्यही भएर सीसँग पनि भेटका लागि चाँजोपाँजो मिलाइसकेका थिए । 

राजकीय भ्रमण बनाउन चिनियाँ पक्ष जुटिसकेको थियो । पौडेलले पनि सुरुमा राष्ट्रपति भएपछि राजकीय भ्रमण नभएको भन्दै रुची देखाएका थिए । तर, भारतीयले चासो राखेपछि पौडेल ब्याक भएको स्रोतको दावी छ । तर, सार्वजनिक रुपमा चाहिँ स्वास्थ्यका कारणले भ्रमण नभएको बताउने गरेका छन् । सांघाई कोअपरेशनमा नेपाललाई जान नदिन चाहिँ स्थापनाकालदेखि नै भारतले अवरोध गर्दै आएको छ । (साँघु साप्ताहिक, २०८२ भदौ ९)