काठमाडौं, ५ भदौ । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् ।
मदन भण्डारी ७५औं जन्म जयन्ती मूल ब्यवस्थापनको कार्यालय नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् ।
बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिँदैछ ।



