🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालबालिकासम्बन्धी विधेयकलाई थप समृद्ध बनाउन आवश्यकता : सभापति गैरे

काठमाडौं । प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले बालबालिकासम्बन्धी विधेयक २०८२ लाई थप समृद्ध बनाउँदै बालअधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी विधेयकको पहिलो संशोधनसहितको सैद्धान्तिक छलफलमा बोल्दै सभापति गैरेले बालबालिकाको संरक्षण, सामाजिक सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्न कानुनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले भने, ‘हामी बालबालिकासम्बन्धी विधेयकको पहिलो संशोधनसहितको विधेयक २०८२ को सैद्धान्तिक छलफलमा छौं । नेपाल सरकारले बालबालिकाजस्तो संवेदनशिल विषयमा ल्याएको यो विधेयकले उनीहरूको सामाजिक सुरक्षा र उज्वल भविष्यको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’

सभापति गैरेले बालबालिकामाथि जलवायु परिवर्तन र वातावरणीय प्रदूषणले आमाको कोखदेखि नै असर पारिरहेको भन्दै त्यसको न्यूनिकरण गर्न कानुनी सुनिश्चितता आवश्यक रहेको धारणा राखे ।
‘बालअधिकारको सुनिश्चितता र न्यायप्राप्तिको सुनिश्चितता हुने गरी कानुन निर्माण हुनुपर्छ, बालबालिकाहरुको संरक्षण र बालअधिकारको न्यायको सुनिश्चितता गर्ने गरी हाम्रो कानुन बन्नुपर्ने आवश्यकता छ’,उनले भने ।

सरकारले बालबालिकासम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर विधेयक ल्याएको भन्दै गैरेले त्यसलाई सबैपक्षीय सुझावसहित सशक्त बनाउनु पर्नेमा जोड दिए ।