🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्ने तोरीपानीका सीपालु कालीगढ शेरबहादुर

गलेश्वर (म्याग्दी), ३० साउन : बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउनुहुन्छ । बाँसका वस्तु बनाउन सिपालु कालीगढ  उहाँले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आउनुभएको छ । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । 

उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उहाँले सीप भर्न थाल्नुभएको हो । डोकाडाला बनाउने उहाँको जाँगर जवान बेलाको जस्तै छ । “अझै  जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उहाँले भन्नुभयो ।

विपन्न परिवारका परियारले काम नगरे  साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उहाँ गर्वका साथ सुनाउनुहुन्छ । “विगतमा बजारमा बेच्न जानु पर्थ्यो अहिले घरमै ग्राहक आउँछन्,” उहाँले भन्नुभयो । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाउनुभयो, बिहे गरिदिनुभयो । 

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्नुभएको छ ।  एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ ।