काठमाडौं, १० फागुन : वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै रु ५ लाख घुस लिएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित फर्स सेक्युरिटी अफिसबाट घुस लिएको अभियोगमा काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रबिन्द्र योन्जन र मित्रनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष बिक पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा उक्त रकम घुस लिदै गर्दा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घुस लिएको रकम सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



