🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फेस अफ पोखरा भि–टुको उपाधि समाइरा र अमिरलाई

काठमाडौं । पोखरामा आयोजित भव्य फेसन प्रतियोगिता फेस अफ पोखरा भि–टुका को उपाधि समाइरा विश्वकर्मा र अमिर विश्वकर्माले क्रमशः महिला र पुरुष तर्फबाट जित्न सफल भएका छन् । 

फेसन, प्रतिभा र आत्मविश्वासको प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले पोखराका युवायुवतीहरूमा लुकेका कला र क्षमतालाई उजागर गरेको थियो ।

\"\"

कार्यक्रममा दिव्या कुमारी यादव प्रथम रनरअप, दोजिन गुरुङ दोस्रो रनरअप बनेका छन् । विशेष उपाधिहरू अन्तर्गत समाइराले ‘बेस्ट वाक’, दोजिनले ‘मोस्ट कन्फिडेन्ट’, दिव्याले ‘मोस्ट ब्यूटिफुल’ तथा अमिरले ‘मोस्ट ह्यान्डसम एण्ड फोटोजेनिक’ र ‘भ्युअर्स च्वाइस’ उपाधि हात पारेका छन् ।

\"\"

प्रतियोगिताको कोरियोग्राफी चर्चित मोडल सन्देश श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संयोजन श्रीजना कुँवर क्षेत्रीले गरेकी थिइन् । कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरूले यस्तो प्रतियोगिताले युवाहरूको प्रतिभा प्रस्फुटन गर्न मात्र नभई व्यक्तित्व विकास र भविष्य निर्माणमा पनि सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।

\"\"

प्रतियोगिता युवायुवतीहरूका लागि फेसन र मोडलिङको क्षेत्रमा भविष्य निर्माण गर्ने सुनौलो अवसरको रुपमा स्थापित भएको आयोजकको विश्वास छ ।