🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाले प्राविधिक शिक्षामा चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्ने

भक्तपुर, २३ साउन : नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

    
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायणवासीलाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको हो । 

    
चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबीच चार जनालाई छात्रबृत्ति उपलब्ध गराउने विषयमा सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    

समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयकोतर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डङ्गोलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको नगर कार्यालयले जनाएको छ । 

    
हस्ताक्षरपछि आजै नगरप्रमुखले दुवैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ कार्यक्रमका लागि छनोट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरी पूर्ण छात्रबृत्ति प्रदान गरिने सहमति भएको बताउनुभयो ।

    
महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति भएको जानकारी दिँदै उहाँले थप कोटामा अरु स्थानीयलाई यसै वर्षदेखि अध्यापन गराइने जानकारी दिनुभयो ।

महाविद्यालयले भर्नाका लागि आवेदन खुला गरेको छ । छात्रबृत्तिका लागि नगरपालिका आफैँले सूचना प्रकाशित गरी आवेदन माग गरेको हो ।