🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपत् जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरी–राजनीतिक दल सहकार्य

काठमाडौँ, साउन १६ – सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग विपत् व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सबै दलका प्रतिनिधिहरूले विपत् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँग समन्वय र सहकार्यलाई थप सशक्त बनाउनु पर्ने धारणा राखे।

\"\"

\"\"

कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका सांसद तथा विपत् व्यवस्थापन विभाग प्रमुख डा. राजेन्द्रमान श्रेष्ठले नेपाल उच्च जोखिमयुक्त विपत् सम्भावित देश भएको उल्लेख गर्दै विद्यालयस्तरबाट सचेतनामूलक तालिम संचालन गरिनु सकारात्मक रहेको बताए। उनले पूर्व तयारी, जनचेतना तथा जोखिम न्यूनीकरणका उपायहरूमा जोड दिए।

\"\"

\"\"

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरीले देखाएको साहसको प्रशंसा गर्दै जनस्तरसम्म पुग्न राजनीतिक दल र सुरक्षा निकायबीच सहकार्य जरुरी भएको धारणा राखे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायसँगको सहकार्य तथा सहभागिता विपत् जोखिम न्यूनीकरणमा अपरिहार्य रहेको बताउँदै, विपद् व्यवस्थापनमा सरकारको सहयोग, समुदायको जागरूकता र राजनीतिक दलको भूमिकाले प्रभावकारी परिणाम दिने विश्वास व्यक्त गरे।

कार्य विभाग प्रमुख एआईजी नारायणदत्त पौडेलले स्थानीय तहसँग समन्वय गरी विपद् व्यवस्थापन कार्य अघि बढाइएको उल्लेख गरे। नेपाली कांग्रेसका वातावरण तथा जलवायु परिवर्तन विभाग प्रमुख कल्याण गुरुङले स्थानीय तहमा स्वयंसेवक उत्पादन तथा विपत् का प्राथमिक सामग्री राख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

नेकपा एमालेका खिमलाल भट्टराईले पूर्व सूचनाको व्यवस्था, स्थानीय स्वयंसेवकको सशक्त भूमिका, तथा सुरक्षाकर्मीको उपस्थिति जनतामा आत्मविश्वास जगाउने कुरा बताए।

माओवादी केन्द्रका नारायण काफ्लेले स्थानीय संरचना बलियो बनाउँदै आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुकुमार श्रेष्ठले सशस्त्र प्रहरीको विपद् उद्धार कार्यको प्रशंसा गर्दै समन्वयमा पार्टी तयार रहेको उल्लेख गरे।

जनमत पार्टीका डा. सरदसिंह यादवले प्रविधिको प्रयोगद्वारा पूर्व सूचना प्रभावकारी हुने, विकास निर्माण गर्दा विपत् जोखिमलाई ध्यान दिनुपर्ने बताए। जसपा नेपालका माधवप्रसाद देवले नीतिगत सुधार, अव्यवस्थित विकासको नियन्त्रण तथा मानवीय विकासका प्रभावमाथि गम्भीर ध्यान दिनुपर्ने बताए।

लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले क्षेत्रअनुसार फरक प्रकृतिका विपद् आउने भएकाले त्यसअनुसारको पूर्व तयारी आवश्यक रहेको, मधेशमा दमकलको व्यवस्था गाउँ तहसम्म पुर्‍याउनुपर्ने धारणा राखे।

कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सशस्त्र प्रहरीको विपत् उद्धार कार्य, स्रोत साधन, जनशक्ति तथा उद्धार सामाग्रीबारे प्रस्तुतीकरण गरेका थिए।

प्रतिनिधिहरुले सशस्त्र प्रहरीले प्रयोग गरिरहेको उद्धार उपकरणहरुको अवलोकनसमेत गरे।

अन्तरक्रियामा राजनीतिक दलका विपत् तथा वातावरण विभाग प्रमुखहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेशबहादुर ठाडामगर लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।