🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युत् मोटरबाट करेन्ट लागेर सप्तरीमा एक कृषकको मृ त्यु

राजविराज (सप्तरी), १० साउन : सप्तरीको खडक नगरपालिका-११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ ।

आज आफ्नै खेतमा पानी पठाउने क्रममा पानी तान्ने विद्युत्बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

साथै जिल्लाको कञ्चनरुप नगरपालिका-१ बैरवामा १७ वर्षीया किशोरीको आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थमा शव भेटिएको छ । स्थानीय अमोद पुर्वेकी छोरी ज्योतिकुमारी पुर्वेको शव कोठामा झुन्डिएको अवस्थमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैगरी बिहीबार साँझदेखि हराइरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ बस्ने २७ वर्षीय शिक्षक रामकिसुन राय मृत अवस्थामा फेला परेका छन् । घरबाट करिब ५०० मिटर टाढा रहेको कोशी नहरको छेउमा आज बिहान रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । —