🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भरतपुर अस्पतालमा विशेषज्ञसहितकाे चिकित्सा सेवा सुरु

चितवन, ८ फागुन । भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन ।

 

मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएको पत्र प्राप्त भएको बताए । अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ । हाल अस्पतालमा सरकारले १५० शैया सुविधा उपलब्ध गराएको छ ।

 

चार सय ५० श्यया विकास समितिमार्फत सञ्चालन गरिएको छ । अब केन्द्रीय सरकारबाटै ५०० शैयाको सेवासुविधा प्राप्त हुने पौडेलले बताए । रासस

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । चितवनसहित १२ जिल्लाका बिरामी उपचारका लागि नियमित आउने गरेको पौडेलले बताए । अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ । रासस