🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति ? यस्तो छ रहस्य !

बेइजिङ, ७ साउन । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिँदैनन् । 

यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं । 

यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुँदैछन, यसरी बेपत्ता हुदाँ हरेक बर्ष झै उनी रिसोर्ट बेइडाइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तराष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।

तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खासमा यो चिनियाँ कम्युनिष्टको बिशेष परम्परा हो । धेरैले यसलाई खासगरी पश्चिमी मिडियाले भने उनको शक्ति माथि खतरा छ भनेर अनुमानको आधारमा धारणा बाहिर ल्याउँछन् ।

खासमा बेइजिङबाट करिब तीन घण्टाको दूरीमा रहेको बेइडाइहे बिदा मनाउने ठाउँ मात्र होइन, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका नीतिहरू यहाँ तय हुन्छन् । माओत्से तुङको पालादेखि नै हरेक गर्मीमा पार्टीका शीर्ष नेताहरू यहाँ भेला हुन्छन्, जसलाई राष्ट्रपति सिले पनि निरन्तरा दिइरहेका छन्  तर यसपटकको माहोल भने अलि फरक रहेको छ ।

खासमा सन् २०२५ मा चीनले घरेलु आर्थिक संकट, युवा बेरोजगारी, सम्पत्ति बजारमा गिरावट र विश्वव्यापी दबाबको सामना गरिरहेको छ । यससँगै सी जिनपिङका नजिकका सहयोगीहरूलाई हटाउने वा बेपत्ता पारिएको सनसनी पुर्ण खबरले पनि हलचल मच्चाइरहेको छ।

गत वर्ष पनि विदेशमन्त्री किन गाङ र रक्षामन्त्री ली साङ्फुलाई अचानक पदबाट हटाउनु अघि यस्तै गोप्य बास भएको थियो तर लामो मौनताले पार्टीभित्र केही उथलपुथल भइरहेको छ भन्ने प्रश्न उठेको थियो । नभन्दै, उनीहरू पदमुक्त हुनु परेको थियो । 

द इकोनोमिस्टको रिपोर्टका अनुसार २०२२ मा तेस्रो कार्यकालका लागि आफूलाई सबैभन्दा लोकप्रिय नेताको रूपमा स्थापित गरेका सी अब भने समस्यामा परेको देखिन्छ। उनी आफ्नो छविलाई लिएर निकै संवेदनशील छन् र त सार्वजनिक रूपमा उनको पछिल्लो अनुपस्थितिले अहिले धेरै प्रश्नहरू खडा गरिरहेको छ ।

शक्तिमा सीको बलियो पकड चीनको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको छ । चाहे त्यो अमेरिका–चीन सम्बन्ध होस् वा रुससँगको मित्रता वा दक्षिण चीन सागरमा सैन्य नाकाबन्दीको सबालमा नै किन नहोस् । यस्तो अवस्थामा उनको शक्ति कमजोर मात्रै भयो भने यसको असर चीनमा मात्रै सीमित रहने छैन्, विश्वब्यापी प्रभाव रहनेछ । 

जसकारण हरेक वर्ष अगस्टमा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू गोप्य ग्रीष्मकालीन बैठकको लागि बेइडाइहे रिट्रिटमा जान्छन् तर यस पटक भने केही फरक रहेको जनाइएको छ । यो गर्मीको मौसममा यसपटक हुने गोप्य वासले केही नयाँ कुरा ल्याउने अनुमान धेरैले गरिरहेका छन् ।