🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएका छन् । 

मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् ।

उनले कहिले काहीं नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको शिकार भएको बताएका छन्  ।

उनले लेखेका छन्,‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहीं नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा बिभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टिले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’