🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिगबोस फेम ताजिकास्तानी गायक अब्दु रोजिक दुबईमा पक्राउ

मुम्बई, ३० असार । बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो ।

अब्दुलाई के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । दुबईका अधिकारीहरूले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेका छैनन् । तर, अब्दु रोगिकको व्यवस्थापन कम्पनीले उनलाई चोरीको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । कम्पनीले यस विषयमा थप जानकारी दिन अस्वीकार गरेको छ ।

अब्दु रोजिक एक प्रसिद्ध ताजिकिस्तानी गायक र सोशल मिडिया प्रभावकार हुन् । गीत, भाइरल भिडियो र रियालिटी शोका कारण उनको लोकप्रियता बढेको हो । भारतमा उनी बिग बोस १६ मा सहभागी भए पछि पहिला भन्दा धेरै लोकप्रिय भए ।

त्यसो त अब्दु रोजिकलाई पनि २०२४ मा भारतमा ईडीले सोधपुछ गरेको थियो । यो मुद्दा एक आतिथ्य कम्पनीसँग सम्बन्धित मनी लान्ड्रिङको मुद्दा थियो । तर, त्यसबेला अब्दुलाई मुद्दामा अभियुक्त बनाइएको थिएन र सोधपुछ मात्र गरिएको थियो ।