🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सार्वजनिक निकायका सबै भुक्तानी अब विद्युतीय प्रणालीबाट अनिवार्य

काठमाडौं, असार २९ गते। आगामी साउन १ गतेदेखि सार्वजनिक निकायहरूले गर्ने सबै प्रकारका भुक्तानी अब अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ।

\"\"

अर्थ मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई आफ्ना भुक्तानी प्रणालीहरू विद्युतीय माध्यमअनुकूल बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

यो परिपत्र आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएको नीतिअनुसार जारी गरिएको हो। उक्त बजेट वक्तव्यमा सार्वजनिक खर्चमा पारदर्शिता, समयमै भुक्तानी र प्रणालीको आधुनिकीकरणका लागि विद्युतीय भुक्तानी प्रणालीलाई अनिवार्य बनाउने भनिएको थियो।

सरकारले यस माध्यमबाट सरकारी कारोबारमा चुस्ती ल्याउने, नगद प्रवाहलाई व्यवस्थित गर्ने र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा लिएको छ।