वासिङटन, ४ फागुन : अमेरिकाको शिकागो सहरको बाहिरी सीमास्थित औद्योगिक क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ ।
उक्त हमलामा अन्य केही पुलिस अधिकारी पनि घाइते भएका छन् । यद्दपि पुलिसको कारवाहीमा परेमा बन्दुकधारी भने मारिएका छन् । पुलिसका अनुसार, निकै लामो मुठभेडपछि बन्दुकधारीलाई गिराइएको हो । ४५ वर्षीय बन्दुकधारी ग्यारी मार्टिन नाम गरेको कर्मचारी रहेको बताइएको छ ।
अमेरिकामा गोलीबारीको यो पछिल्लो ताजा उदाहरण हो । पुलिसका अनुसार, गोलीबारीको कारण भने पत्ता लागिसकेको छैन । (एजेन्सी)



