🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामपुर बचत तथा ऋण सहकारीद्वारा विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना

रामपुर (पाल्पा), १३ असार । रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित जनविकास माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । 

समुदायप्रतिको दायित्व बहन गर्दै सहकारीले यहाँ अध्ययनरत बालबालिकाको शैक्षिक उन्नयनका लागि रु ५० हजार बराबरको अक्षयकोष स्थापना गरेको हो । रामपुर साकोस यो क्षेत्रमै वित्तीय संस्थामार्फत शैक्षिक क्षेत्रमा अक्षयकोष स्थापना गर्ने पहिलो संस्था हो । सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ अर्याललाई चेक हस्तान्तरण गर्नुभयो । समुदायप्रतीको दायित्व बहन गर्ने क्रममा विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । 

चन्द्रज्योति बचत तथा ऋण सहकारी र रामपुर बचत तथा ऋण सहकारी संस्था एकीकरण गरी झोलाबाट सुरु भएको सहकारीले अहिले सुविधा सम्पन्न भौतिक संरचनाबाट सेवा दिइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले विद्यालयमा स्थापित अक्षयकोषको विभिन्न विधामा सदुपयोग गरिने बताउनुभयो ।

सहकारीका व्यवस्थापक गोविन्द पाठकले कार्यक्षेत्र भित्रको सामुदायिक विद्यालयको अवस्था हेरेर यसवर्षदेखि हरेक वर्ष एक विद्यालयमा एक अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । सहकारीमा हाल चार हजार चार सय ८९ सेयर सदस्य आबद्ध छन् । उक्त सहकारीले सामाजिक सामुदायिक विकास कोषबाट समाजको हितमा काम गर्दै आएको छ । हालसम्म यस विद्यालयमा रु २१ लाख १० हजार बराबरको अक्षयकोष स्थापना भएको छ ।
–––