🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रष्टाचारको ईपिसेन्टर स्थानीय निकायमा सर्यो : सिपी मैनाली

काठमाण्डौ ३ फागुन ।  नेकपा (माले) का महासचिव सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शुन्य अंक दिने बताए । रिपोर्टस क्लबकाे साक्षात्कारमा उनले भने,‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्परागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शुन्य अंक पाउनुपर्ने हो ।’

महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार पनि विगतकैजस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह्रास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको ईपिसेन्टर स्थानीय निकायमा सरेको छ।’

मुलुकमा सुशासन पनि नभएको उनले आरोप लगाए । उनले भने,‘सरकार अहंकारी र दम्भी बनेको छ । सञ्चार जगतमा नियन्त्रण जमाउने र मुख थुन्ने काम भएको छ ।’ मैनालीले सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कडा आलोचना गरे ।

सरकारले विकासको नााममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उनको टिप्पणी थियो। उनले भने,‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ ।’

उनले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए । यद्धपी यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सरकार दलाल पुँजीपतीहरुको पक्षमा रहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘भन्नलाई यसले समाजवादउन्मुख भनेपनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो । राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्नेगरि ल्याएको छ।’