🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’हामी सक्छौँ, हामी गर्छौं\’ : विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी, ५ असार : बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ ।  बेनी नगरपालिकाको ‘वी क्यान, वी डु’ (हामी सक्छौँ, हामी गर्छौं) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो । बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिनुभयो ।  

बेनीका अर्जुन ढुङ्गानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । विद्यालय समय सकिएपछि हरेक अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।  

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रम सञ्चालन गरेको छ ।  कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु एक÷एक लाखका दरले रु १६ लाख बजेट विनियोजन भएको थियो । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । 
–––