🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’आमा सुरक्षा कार्यक्रम\’ अन्तर्गत गर्भवतीलाई \’नुन\’ र सुत्केरीलाई \’तेल\’

रुकुम (पूर्व) २ फागुन : मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि रुकुमको सिस्ने गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । 

सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो । सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताए ।  

सिस्ने गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित गरिएको नीतिलाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा ४ पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए । आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उनले बताए ।  

“गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिलाई असोज २२ गतेको गाउँकार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै गर्भ जाँच गर्न पुगेकालाई नुन र सुत्केरी हुनेलाई तेल उपहार दिन थालिएको हो”, अध्यक्ष बरालले भने, “आयोडिनयुक्त नुन उपहारस्वरुप दिँदा सानो पोका तथा थोरै देखिए पनि यसले विभिन्न प्रकारका रोगबाट बचाउने र वृत्तिविकासमा पनि सहयोग पुग्ने भएकाले यो निर्णय कार्यान्वयनमा ल्याएका छौँ ।” उनका अनुसार प्रत्येक पटक गर्भवतीले गर्भ जाँच गरेपछि एकपोका आयोडिनयुक्त नुनको पोका र सुत्केरी भएपछि एक लिटर तोरीको तेल पाउनेछन् । 

हाल गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा औषधिका साथै आयोडिनयुक्त नुन र तोरीको तेल राख्ने गरिएको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट रकम छुट्याएर सुत्केरीलाई प्रोत्साहनभत्ता पनि दिने गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने कुनै पनि महिलालाई प्रोत्साहनवापत रु १ सय र यातायात खर्च वापत रु ५ सय गरी जम्मा रु ६ सय दिने गरेको छ । 

सङ्घीय सरकारले दिने प्रोत्साहन र यातायात खर्चबाहेक सुत्केरीलाई छुट्टै प्रोत्साहन र यातायात खर्च दिने नीति गाउँपालिकाले ल्याएको हो । घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्न र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष बरालको भनाई छ । 

स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि आयोडिनयुक्त नुन, सुत्केरी भएपछि एक लिटर तेलका साथै रु ६०० नगद दिने गरेको सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताए । ८ वडा रहेको सिस्ने गाउँपालिकामा ३ प्रसूतिगृह छन्, भने सबै वडामा स्वास्थ्य संस्था छन् । अहिले गाउँपालिकाको विभिन्न ५ ठाउँमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरिएको छ भने बाँकी अन्य ठाउँमा पनि स्थापना गर्ने तयारी गरिराखेको प्रवक्ता केसीले जानकारी दिए ।  

गाउँपालिकाका विकट गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरी स्वास्थ्य सेवामा सहजता कायम गर्न प्रयास गरिएको उनको भनाइ छ । (रासस)