🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ । 

बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै असार ४, ५ र ६ गते झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

\"\"

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले असार ५ गते (भोलि) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्नुका साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ । 

यसका साथै कांग्रेसले स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने भएको छ । 

\"\"

अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री वि.सं.२०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।