🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एपिएफलाई  दिदीबहिनी भलिबलको उपाधि

पर्वत, २ फागुन (रासस): तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । 

लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटले पराजित गरेको हो । एफिएफले २५–१८, २६–२४ र २५–२१ अङ्कले हराएको हो । एपिएफले रु दुई लाख तथा उपविजेता न्यू डायमण्ड एकेडेमीले रु एक लाख पुरस्कार पाएको छ ।

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो भयो । पुलिसले आर्मीलाई २५–१८, ३१–२९ र २५–१६ अङ्कले हराएको हो । रेडियो दिदीबहिनीले आयोजना गरेको ११औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा सो भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । 
–––