🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । 

भीमले सार्कीले अर्धशतक  बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले  ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे । 
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो । 

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे । 
नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको एक विकेट लिएका थिए ।