काठमाडौँ, जेठ २३ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा मुलुकभर वृहत् बृक्षारोपण कार्यक्रम संचालन गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको सन्दर्भमा देशका विभिन्न स्थानहरूमा १८ हजार विरुवा रोप्ने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको छ।
बैंकले बिहीबार, विश्व वातावरण दिवसकै दिन देशका सातवटै प्रदेशमा विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम गरेको हो।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकास्थित बालचौरमा आयोजित कार्यक्रम विशेष आकर्षणको केन्द्र बन्यो। सो अवसरमा प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १,००० कागतीका विरुवा रोपिए।
यसैगरी, काठमाडौँस्थित नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको उपस्थितिमा ३०० विरुवा रोपिएको छ।
बैंकले अन्य विभिन्न स्थानहरूमा समेत उल्लेखनीय मात्रामा बृक्षारोपण गरेको छ:
कोशी प्रदेश: दिक्तेल, प्रगति सामुदायिक बन, मेचीनगर लगायत स्थानहरूमा ३,७०० विरुवा।
मधेश प्रदेश: राजविराज, जीतपुर, लहान, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक बन) लगायतमा ५,०५० विरुवा।
बागमती प्रदेश: नारायणहिटी, टोखा, रसुवा लगायत स्थानहरूमा २,३०० विरुवा।
गण्डकी प्रदेश: बागलुङ र कास्की लगायतमा २,१०० विरुवा।
लुम्बिनी प्रदेश: बिजुवार, घोराही, गुलेरिया, लिवाङ लगायत स्थानहरूमा १,५०० विरुवा।
कर्णाली प्रदेश: विरेन्द्रनगर र रास्कोटमा ७०० विरुवा।
सुदूरपश्चिम प्रदेश: बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर, महेन्द्रनगरलगायत स्थानमा २,०८६ विरुवा।
स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा नागरिकहरूको सहभागिता र उत्साहजनक उपस्थिति उक्त कार्यक्रमको विशेषता रह्यो। बैंकले बृक्षारोपणका लागि सामुदायिक बन, विद्यालय, अस्पताल र सार्वजनिक स्थानहरूलाई प्राथमिकता दिएको जनाएको छ।
ग्लोबल आइएमई बैंकले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय स्तरमा रोजगारी तथा आम्दानीमा योगदान पुर्याउने लक्ष्यसहित विभिन्न संघ–संस्थासँग सहकार्यमा अभियान अघि बढाएको हो।
नेपालभर आफ्नो सेवा सञ्जाल विस्तार गरिरहेको ग्लोबल आइएमई बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्न सफल पहिलो निजी वाणिज्य बैंक हो। बैंकसँग ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।
बैंकले नेपालभित्रका ग्राहकलाई सेवा दिनुका साथै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुकलगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
हालै बैंकले ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी एक्सलेन्स अवार्ड २०२४’ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा दुई विधामा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।



