🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साढे दुई अर्ब घाेटालामा संलग्न कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राजेन्द्र वीर राय पक्राउ

काठमाडौं, जेठ १८ – कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको छ।सिआइबी (केन्द्रीय अनुसन्धान ब्यूरो) को टोलीले रायलाई रुपन्देहीको बेलहिया क्षेत्रबाट पक्राउ गरेको हो। ब्यूरोका अनुसार रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।

राय कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहिसकेका थिए। उनले विभिन्न अवधिमा सञ्चालक समितिको अध्यक्षको रूपमा समेत काम गरेका थिए। उनलाई बैंकमा संकलित बचतकर्ताको २५० करोडभन्दा बढी रकम हिनामिना गरेर फरार भएको आरोप छ।

ब्यूरोको प्रारम्भिक अनुसन्धान अनुसार रायले आफ्नो कार्यकालमा वित्तीय अनियमितता गर्दै रकम दुरुपयोग गरेका थिए। घटनाबारे थप अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरिएको सीआइबीले जनाएको छ।

पक्राउ विवरण
पक्राउ मिति: २०८२ साल जेठ १७ गते

पक्राउ स्थान: रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१, बेलहिया

पक्राउ परेका:

नाम: राजेन्द्र वीर राय

उमेर: ६५ वर्ष

लिङ्ग: पुरुष

ठेगाना: स्थायी घर – सल्यान; हाल – नेपालगञ्ज उपमहानगरपालिका–२०, बाँके

पद: तत्कालीन सीईओ तथा सञ्चालक, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड

ब्यूरोले रायलाई पक्राउ गरेपछि कर्णाली डेभलपमेन्ट बैंकमा भएको ठूलो रकम हिनामिना प्रकरणले नयाँ मोड लिएको छ। बैंकिङ क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठाउने खालका यस्ता घटनामाथि कडा कारबाही हुनुपर्ने मागसमेत उठ्न थालेको छ।