काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।



