🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे पाँच न्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् ।

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आज २०७८ कात्तिक ७ गतेका सबै मुद्दाको सुनुवाइ प्रभावित भएका छन् ।

मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँचजना न्यायाधीशहरू यतिवेला छलफलमा जुटेका छन् ।

न्यायाधीशहरूबीच छलफल सुरु भए पनि आजका लागि तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ सुरु भएको छैन ।

सर्वोच्च अदालतकै एकजना न्यायाधीशका अनुसार प्रधानन्यायाधीशविरुद्ध सुरु भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भनेर यतिवेला न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा समूहगत छलफलमा जुटेका छन् ।

ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले समूहगत छलफलको निष्कर्षअनुसार अघि नबढे केही न्यायाधीशहरूबाट इजलासमा नबस्ने घोषणा हुनेछ ।

आफ्नो कोटाबाट मन्त्रीको भाग खोजेको, मुद्दा फैसलामा अस्वाभाविक चलखेल गरेकोलगायतका कारण देखाउँदै यसअघि नै पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीश राणालाई मार्गप्रशस्त गर्न सुझाव दिइसकेको छ । नेपाल बारले समेत मार्गप्रशस्त गर्नुपर्ने भन्दै आन्दोलतको तयारी गरिरहेको छ ।

न्युज कारखाना