🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वसभामुख महरासँग जोडिएकी रोशनी मृत अवस्थामा फेला-आत्महत्या वा केही अरु ?

भक्तपुर, जेठ ११ –सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित बृहस्पति मार्गमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। घटनास्थलमा भेटिएकी मृतक ५० वर्षीया रोशनी शाही पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग विशेष सम्बन्ध रहेको खुलेको थियाे । उनी महराकी 'गर्लफ्रेण्ड' को रूपमा चिनिन्थिन् ।

जाजरकोट स्थायी घर भएकी रोशनी शाही लक्ष्मीश्वर महत्तोको तीन तल्ले घरको पहिलो तलामा डेरा लिएर बस्दै आएकी थिइन्। बृहस्पतिवार बिहान कोठाको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा प्रहरीले शव फेला पारेको हो।

प्रहरीका अनुसार, रोशनी शाहीको शव कोठामा सुत्ने ठाउँ नजिकै भुइँमा लम्पसार परेको अवस्थामा भेटिएको थियो। 

प्रहरी वृत्त ठिमीका प्रमुख डीएसपी नवराज ढुङ्गाना नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको छ। अनुसन्धान प्रारम्भ गरिएको प्रहरीले जनाएको छ।

शाहीका पति चित्रजंग शाही काठमाडौं बाहिर गएका बेला घटना भएको हो। उनका छोराछोरी भने विदेशमा रहेका छन्। छिमेकीहरुले विगत केही दिनदेखि शाहीलाई तनावमा देखिएको बताए पनि स्पष्ट कारण भने खुल्न बाँकी छ।

यो मृत्यु प्रकरणलाई लिएर विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।  पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्र यो मृत्यु आत्महत्या हो वा केही योजनाबद्ध घटना भन्ने पुष्टि हुने प्रहरी स्रोतको भनाइ छ।

– साँघु संवाददाता