काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण गराइएको छ ।
रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतण गराइएको छ ।
विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो ।
जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो । ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने ।



