🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शिक्षक आन्दोलनपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

जनकपुर । शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ ।

अहिले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ । यसै क्रममा धनुषाका सामूदायिक विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियान जारी राखेको छ । तर गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीहरुको संख्यामा कमी आएको जनकपुरधामस्थित ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय झा बताउँछन् । 

उनले अहिले कक्षा कक्षा ४ देखि ९ सम्मको विद्यार्थीहरुको भर्नाका लागि ११ सय  जनाको आवेदन आएकोमा प्रवेश परीक्षामा जम्मा ९ सय जना मात्र सहभागी हुन आएको बताए । यो संख्या पहिलेको वर्षहरु भन्दा करीब ५० प्रतिशत कम भएको उनले जानकारी दिए । 

विद्यार्थीको संख्या अधिक भएका कारण गत वर्षहरुमा २ देखि ३ चरणसम्म प्रवेश परीक्षा लिनुपर्ने हुन्थ्यो तर यस वर्ष अधिकांश परीक्षा कोठाहरु खाली रहेको प्रधानाध्यापक झाले बताए ।

विद्यार्थीको संख्यामा कमी आएतापनि त्यसले शैक्षिक गुणस्तरमा कुनै कमी नआउने उनको भनाइ छ । शिक्षक आन्दोलनका कारण १८ दिनको अन्तर आएतापनि वर्षे विदा, हिँउदे विदा, सार्वजनिक विदाहरुमा समायोजन गरेर विद्यार्थीहरुलाई पढाउनुपर्ने क्रेडिट आवर पुर्याईने उनले जानकारी दिए ।

देशैभरिका शिक्षकहरुले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सो आन्दोलनका कारण शैक्षिक वर्ष, भर्ना अभियान, एसईईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो ।